२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

कुशल भुर्तेलको विकेट लिने भारतका साई किशोर राष्ट्रिय गान बज्दादेखि नै किन रोइरहेका थिए !

काठमाडौं । एसियाली खेलकुद २०२३ को पुरुष क्रिकेट प्रतियोगितामा भारतले क्वाटरफाइनलमा नेपाललाई २३ रनले हरायो । यो खेलमा साई किशोरले भारतका लागि डेब्यु गर्ने मौका पाएपछि उनका आँखा रसाए । उनी राष्ट्रिय गानदेखि नै रुन थालेका थिए । घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरे पनि उनले लामो समय टिममा स्थान पाउन सकेनन् ।,

साई किशोर पछिल्ला चार–पाँच वर्ष टी–२० मा देशका शीर्ष–३ लेफ्ट आर्म स्पिनरहरू मध्येका छन्, त्यसैले यो धेरै दुर्भाग्यपूर्ण थियो कि उसले टोलीमा मौका पाइरहेका थिएनन् । दिनेश कार्तिकले साईंको बारेमा भनेका छन् कि जो मेहनत गर्न छोड्दैनन्, भगवान उनको साथमा हुन्छन् । दिनेशले पनि साईको लागि निकै खुसी रहेको बताए । भारतले नेपालविरुद्ध २० ओभरमा २०२ रन बनाएको थियो जसमा यशस्वी जैसवालले शतक प्रहार गरेका थिए ।,

नेपालसँगको खेलमा साई किशोरले चार ओभरमा मात्र २५ रन दिएर एक विकेट लिए । रवि बिश्नोई पछि साई यस खेलमा भारतका दोस्रो सबैभन्दा किफायती बलर सावित भए । अर्शदीप सिंह, आवेश खान, वाशिंगटन सुन्दर र शिवम दुबेले ८ वा सोभन्दा बढीको इकोनोमी रेटमा रन दिए। नेपालका खतरनाक ब्याट्सम्यान कुशल भुर्तेललाई साईले प्याभिलियनको बाटो देखाएका थिए ।,

दिनेश कार्तिकले सामाजिक सञ्जालमा बिहानै साईका बारेमा लेखेका थिए, ‘मेहनत गर्नेहरूका लागि भगवानले बाटो अवश्य बनाइदिनुहुन्छ।’ आईसीसी विश्वकप २०२३ र एसियाली खेलकुदको मितिमा विवाद भएकाले भारतले एसियाली खेलकुद २०२३ को पुरुष क्रिकेट प्रतियोगितामा मुख्य टोली पठाएन । दिनेश कार्तिकले थप लेखेका छन्, ‘साई किशोर चम्किलो क्रिकेट बलमा अविश्वसनीय खेलाडी हुन्। उनी एक सुपरस्टार हुन्, म उनको लागि अति खुसी छु । हामी सधैं केही मान्छेले राम्रो गरेको हेर्न चाहान्छौं, बिहान उठेर प्लेइङ ११ मा साईको नाम देख्दा म भावुक भएँ ।,

दिनेश कार्तिकले थप लेखेका छन्, उनी सधैं मेरो शीर्ष सूचीमा छन्। जसरी उनले आफ्नो बलिङमा काम गरेका छन्, त्यो उनको लागि ठूलो कुरा हो। उनी एक यस्ता खेलाडी हुन् जसलाई कुनै पनि ढाँचामा भरोसा गर्न सकिन्छ। म सधैं उनको बारेमा कुरा गर्दै आएको छु। तर अब उनी भारतीय क्रिकेटर बनेको देखेर म निकै खुसी छु । यो कुरा उनबाट कसैले खोस्न सक्दैन। साई, राम्रो प्रदर्शन गर्नु ।,

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस