२०८२ असार २५ गते बुधवार | 2025 July 9th Wednesday

फिफा विश्वकप छनोटका लागि आज नेपालले लाओससँग खेल्दै

Today Nepal is playing against Laos for FIFA World Cup Qualifiers

काठमाडौं, २५ असोज । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि आज बिहीवार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५ः३० बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा खेलिने छ ।

उक्त खेलबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ) ले लाओसविरुद्ध बिहीवार हुने खेलमा नेपाली खेलाडीको हौसला बढाउन बढीभन्दा बढी समर्थकलाई उपस्थित हुन आग्रह गरे । खेलाडीको सबैभन्दा ठुलो शक्ति भनेकै दर्शक भएको भन्दै उनले आजको खेलमा रंगशालामा समर्थकको ओइरो लागोस् भने ।

उनले लाओसविरुद्धको खेलमा राष्ट्रिय गान बज्दा सबै समर्थकलाई खेलाडीसँगै राष्ट्रिय गान गाउन पनि आग्रह गरे । उनले भने, ‘खेलअघि हामी सँगै मिलेर राष्ट्रिय गान गाऔँ । खेलको अन्तिम समयसम्म पनि रातो र चन्द्र सूर्यको धुनमा रंगशाला गुन्जिरहोस् । रंगशालामा घन्कने समर्थकहरूको आवाज नै हामी खेलाडीको ऊर्जाको स्रोत हो । ’उनले लाओसविरुद्ध मैदानमा ओर्लन आफ्नो टोली तयार रहेको पनि बताए । नेपाली टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि आफ्नो टोली लाओसलाई चुनौती दिन तयार रहेको बताए ।

लाओसविरुद्धको खेलका लागि घोषित नेपाली टोलीमा किरणकुमार लिम्बु, दीपक कार्की, अभिषेक बराल, सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिषरत्न छुन्जु, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् । नेपाल र लाओसबिचको दोस्रो लेग खेल भने लाओसको घरेलु मैदानमा खेलिने छ । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्र विश्वकप छनोटको अघिल्लो चरणमा पुग्नेछ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस