२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

२ सय ५० किलो गाँजासहित सलेमपुरका दुई जना पक्राउ

१२ कार्तिक, रितिक अधिकारी, सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–९ भलुवाहाबाट २ सय ५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्याक्टर चालक भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रबक्ता (प्रनाउ) प्रहरी नायब उपरीक्षक दिपेन्द्र पन्जियार थारुले जानकारी दिए ।’

शनिबार राति ९ बजे कविलासी नगरपालिका–९, सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हरिपुरको टोलीले ज १ त ५५५१ नम्बरको ट्याक्टर सहित लोड गरी ल्याउँदै गरेको गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।’

झिम नदी किनारबाट भारत तर्फ लादै गरेको अवस्थामा प्रहरीले १९ पोका २ (सय ५० किलो) गाजा ईलाका प्रहरी कार्यालय हरिपुरले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गरेको छ । बरामद गरिएको गाँजाको अन्दाजी मूल्य ३० लाख रहेको सर्लाही प्रहरीले बताएको छ ।’

 

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस