२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

UNMISS Mission South Sudan मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा सहभागी हुने क्रममा मिति २०८० कार्तिक १६ गते United Nations Mission In South Sudan (UNMISS), दक्षिण सुडानमा तैनाथ श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) छैठौँ डफ्फालाई बदली गर्नको लागि श्री समरजित गुल्म (शान्ति सेना) सातौँ डफ्फाको १५० जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी दिनेश कार्कीको नेतृत्वमा UN Chartered Flight (Ethiopian Airlines) मार्फत काठमाण्डौँबाट मिसन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

उक्त मिसनमा तैनाथ श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) छैठौँ डफ्फाको १३५ जना नेपाली शान्ति सैनिकहरुको टोली सेनानी प्रेन शाहको नेतृत्वमा मिति २०८० कार्तिक १७ गते स्वदेश आगमन भएको छ ।

नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका लागि विश्वभर तैनाथ मिसनहरूमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरूको दोस्रो वरियतामा रहेको छ । हालै नेपाल भ्रमण सम्पन्न गर्नु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भ्रमणका दौरान नेपालले विश्व शान्ति स्थापना कार्यमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नु भएको थियो ।

 

 

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस