२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

नेपाल, भारत, चीनसम्म शक्तिशाली भूकम्पको धक्का : केन्द्रबिन्दु नेपाल

earthquake

काठमाडौं । नेपाल, भारत, चीनसम्म शक्तिशाली भूकम्पको धक्का महसुस भएकाे छ । नेपालभरका सबैले भूकम्पको धक्का महसुस गरे ।

पूर्वदेखि पश्चिमसम्म नै सामाजिक सञ्जालमा भूकम्प आएकाे अपडेट गरिरहेका छन् ।

शुक्रबार राति ११ः५० बजेतिर नेपाल, भारत, चीनसम्म भूकम्पको धक्का महसुस गरिएको हो।

पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस