२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

Cabinet meeting

काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले करिब १३ अर्ब २६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल र कतारबीचको युवा तथा खेलकूदसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, जैविक विविधता एवम् प्रजाति संरक्षणको दृष्टिले महत्वपूर्ण पाँच औंले लगायतका अन्य जडीबुटी तथा रुख प्रजातिहरूको संकलन, कटान, उपभोग, ओसारपसार, बिक्री वितरण वा विदेश निकासीमा प्रतिबन्ध लगाउने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव पदमा सरुवा गरेको छ भने सहसचिव डा. हरिप्रसाद लम्साललाई सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिव पदमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल मातहतका विभिन्न कार्यालयका लागि तराईमा ६ विघा ८ कठ्ठा र पहाडमा ३ रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्ने स्वीकृति दिएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस