२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

काठमाडौंभित्र सहुलियतमा स्वदेशी फूल कहाँ किन्न पाइन्छ ?

काठमाडौं । नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा आज देखि हामी काठमाडौ महानगरले स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको छ । प्रमुख बालेन साहका अनुसार महानगरले नेपाल फ्लोरीकल्चयर एसोसिएसन , नेपाल चेम्बर अफ कमर्ससँग सहकार्य गरेर भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा स्वदेशी फूल विक्रीका लागि खुला गरेको हो ।

नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिने उहाँको भनाई छ । शनिबार एक फेसबुक स्टाटस राख्दै उहाँले लेख्नु भएको छ, ‘अबको ४ दिनमा महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि आग्रह गरेको छौ ।’ तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै पाइनेछन ।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस