२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

प्रेस चौतारीले चुच्चे नक्सा जारी भएको गौरवमय दिन सम्झदै भारतीय अतिक्रमणप्रति गर्यो खेद प्रकट

Press Chautari recalled the glorious day when the Nepali New map was released and expressed regret for the Indian encroachment

काठमाडौं । सञ्चार जगतकै अग्रणी संगठन प्रेस चौतारी नेपालले साविक नेपालको राजनीतिक नक्सामा गुमेको भूमि समेटेर चुच्चे नक्सा जारी भएको गौरवमय दिन सम्झदै भारतीय अतिक्रमणप्रति खेद प्रकट गरेको छ । दार्चुलाको खलंगामा लगातार दुई दिन बसेको तेश्रो केन्द्रीय समितिको बैठक समापनपछि प्रेस चौतारी नेपालले दार्चुला घोषणा–पत्र २०८० जारी गर्दै यी विषय उल्लेख गरेको हो ।

१५ बुँदे घोषणापत्रको सुरुमा नै भनिएको छ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला सूदुरपश्चिम प्रदेश दार्चुला जिल्लामा अवस्थित कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा जारी गरेको ऐतिहाँसिक र गौरवमय दिनको सम्झना गर्दछ । तर, अझै पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सुगौली सन्धी र सीमा सम्बन्धी अन्तराष्ट्रिय कानून बिपरित एकपक्षीय ढङ्गले अतिक्रमण र हस्तक्षेप जारी राखेकोप्रति यो बैठक खेद प्रकट गर्दछ । सम्पूर्ण सीमा सम्बन्धी समस्यालाई द्धिपक्षीय कुटनीतिक वार्ता मार्फत ऐतिहाँसिक तथ्य र प्रमाणका आधारमा तत्काल समाधान गर्न समद्ध पक्षसँग यो बैठक माग गर्दछ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस