२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

एमाले अध्यक्ष ओलीद्वारा पवित्र निङ्गलाशैली मन्दिरमा पूजापाठ, दिइयो भगवतीको प्रसाद

UML President Oli recited prayers at the sacred Ningalashaili temple

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवतीको दर्शन गरेका छन्। पार्टीले सुरु गर्न लागेको ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा’को उद्घाटनका लागि बुधबार बैतडी पुगेका अध्यक्ष ओलीले साँझ देहीमाडौंस्थित निङ्गलाशैनी भगवतीको दर्शन गरेका हुन्।

मन्दिरको सन्ध्याकालीन आरतीमा समेत सहभागी भएका ओलीलाई भगवतीको प्रसाद स्वरुप तामाको गाग्री प्रदान गरिएको छ। ओलीले मन्दिरमा पूजापाठ समेत गरेका थिए। एमाले अध्यक्ष ओलीसँगै केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरुले समेत निङ्गलाशैनी भगवतीको दर्शन गरेको एमाले बैतडीका प्रचारप्रसार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस