२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

न्याय माग्दा डर, त्रास र धम्की र पैसाका बार्गेनिङ आएः भारती मानन्धर

Asking for justice brought fear, terror and threats and bargaining for money Bharti Manandhar

काठमाडौं । संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप शासह दिएको बताएकी छिन्।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन्। उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरु आएपनि अन्ततः न्याय पाएको बताइन्। आफ्नो टिमले कुनैपनि लोभ लालचमा नलागीकन आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताइन्। उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन्।

उनले भनिन्, ‘बीचमा धेरै बाधाहरु आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए। तर मेरो टिमले मेरो साथ छोडेन। होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए। अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागि लाग्नुभयो। पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन्।

म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ।’ नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो। रिगलको आममाफीबिरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। अदालतको फैसलापछि रिगल फेरि पक्राउ परेका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस