२०८२ कार्तिक २१ गते बिहिवार | 2025 November 6th Thursday

शान्ति अश्लील भिडिओले कारबाहीमा परेपछि साइबर ब्युरो धाउँन थालिन्, खास भएकाे के हाे ?

Baral who showed obscene behavior on Tiktok

काठमाडौं । अश्लील भिडिओ काण्डमा माओवादीको नगर कमिटीले कारबाही गरेपछि शान्ति बराल फेरि एकपटक चर्चामा आएकी छन् । उनी सामाजिक सञ्जालमा पहिल्यैबाट भाइरल थिइन्, अहिले भने उनको बदनामीले चर्चामा छिन् ।

एक युवतीले टिकटक लाइभमा आफ्नो वक्षस्थल प्रदर्शन गरेको भिडिओ ट्वीटर–फेसबुकतिर केही दिनदेखि शेयर भइरहेको थियो । यी युवती माओवादीकी रुपन्देही नेतृ शान्ति बराल भएको दाबी छ । यही करण माओवादीले समेत साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्याे । यद्यपि, शान्तीले याे भिडिओ एआईकाे दुरुपयोग गरेर बनाइएको दाबी गरेकी छिन् ।

भिडिओ भाइरल हुन थालेपछि शान्तिले फेसबुकमा स्टाटस लेख्दै खण्डन गरेकी थिइन् । एडिटेड भिडिओ राखेर आफ्नो बदनामी गर्न खोजिएको उनको दाबी थियो । तर, केही समयमा उनले त्यो स्टाटस हटाइन् । स्टाटसमा उनीमाथि सहानुभूति भन्दापनि लाइभ देखेकाे तपाई नै हाे भन्ने प्रतिक्रिया धेरै आएपछि उनले स्टाटस हटाएकाे दाबी आम प्रयाेगकर्ताकाे छ ।

हिजो माओवादीले कारवाही गरेको विज्ञप्ति आएपछि शान्तिले टिकटकबाट त्यसमा प्रतिक्रिया जनाएकी छन् । उनले अझै पनि भिडिओ आफ्नो भएको स्वीकार गरेकी छैनन् । एआइ (आर्टिफिसियल इन्टलिजेन्स) प्रविधिको दुरुपयोग गरेर भिडिओ बनाइएको उनको दाबी छ ।

बरालले लेखेकी छन्, ‘हालसालै आएको एआई प्रविधिको दुरुपयोग गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित भई उक्त भिडिओ सामाजिक सञ्जालमा राखिएको आमजनसमुदायमा जानकारी गराउन चाहन्छु ।’

आफू राजनीतिक कार्यकर्ता हुनुका साथै नियमित टिकटक प्रयोगकर्ता भएको शान्तिले उल्लेख गरेकी छन् । आफ्नो चरित्रहत्या गर्नेलाई कानूनी दायरामा ल्याउन उनको सरकारसँग माग छ ।

 

‘आफ्नो व्यक्तिगत अधिकार प्रयोग गरी आफ्नो खाता सञ्चालन गरेको र मेरो सामाजिक सम्पर्क र समर्थकहरु देखेर पहिलेदेखि नै विरोधीहरुले चरित्रहत्या गर्ने धम्की दिँदै आएका थिए । केही उच्छृङ्खल व्यक्तिहरुले भिडिओलाई सम्पादन गरी अश्लिल बनाई गलत नियतले सामाजिक सञ्जालमा अपलोड गरेको देखिएकाले उक्त भिडिओ अपलोड गर्ने व्यक्तिले मेरो चरित्रहत्या गरेकाले कानूनी दायरामा ल्याउन सरकारसँग अपिल गर्दछु’, उनले लेखेकी छन् ।

‘नक्कली भिडिओ’ आएपछि पर्न गएको असुविधाप्रति उनले सामाजिक सञ्जालका समर्थकहरुसँग क्षमा मागेकी छन् ।

भिडिओ एडिटेड भएको बताइरहे पनि शान्तीले अहिलेसम्म कुनै कानूनी उपचारको खोजी गरेकी छैनन् । तर शान्तिले आफू कानूनी उपचारका लागि साइबर क्राइमको प्रोसेसमा रहेको बताइन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस