२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

कस्तो ब्लड ग्रुप भएका जोडीलाई बच्चा जन्माउन मुस्किल पर्छ ?

काठमाडौं । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका अनुसार, श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै हुनु सामान्य कुरा हो, तर आरएच फ्याक्टर फरक परेमा समस्या गम्भीर बन्न सक्छ।

उदाहरणका लागि, श्रीमान्को ब्लड ग्रुप A Positive र श्रीमतीको A Negative भए, ग्रुप एउटै भए पनि आरएच फरक भएकाले गर्भावस्थामा समस्या देखिन सक्छ। यस्तो अवस्थामा पहिलो सन्तान जन्माउँदा प्रायः समस्या हुँदैन, तर यदि पहिलो गर्भपतन भयो वा सन्तान खेर गयो भने दोस्रो सन्तानको समयमा गम्भीर जटिलता आउन सक्छ।

डा. रिजालका अनुसार, यस्तो परिस्थितिमा विवाह भएमा प्रसूति हुनु अघि ७२ घण्टा भित्र Anti-D salt इन्जेक्सन लगाउनुपर्छ। यसले सन्तान र आमाको स्वास्थ्य सुरक्षित रहन्छ र सामान्य प्रसूति सम्भव हुन्छ।

यदि तपाईंलाई पनि यस सम्बन्धी कुनै जिज्ञासा वा शंका छ भने, चिकित्सकको सल्लाह लिनु सबैभन्दा उचित हुन्छ।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस