२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

ओलीसँग गोप्य भेटपछि रामकुमारीसहितका नेताहरू एमाले फर्किने पक्का!

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ सहितका नेताहरू नेकपा (एमाले) फर्कन तयारीमा रहेका छन्।

आज एमाले अध्यक्ष केपी शर्मा ओली र झाँक्रीबीच भेटवार्ता भएको थियो। उक्त भेटपछि कात्तिक २४ गते झाँक्रीसहितका नेताहरू पार्टीमा फर्किने तयारी भइरहेको पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन्।

यसअघि, माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीसहितका घटकहरू एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी गठन भए पनि झाँक्रीलगायत नेताहरू उक्त पार्टीमा सहभागी भएका थिएनन्।

झाँक्री र श्रेष्ठले पत्रकार सम्मेलनमार्फत एमालेमा फर्किन सक्ने संकेत गरेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस