२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

देश समृद्ध बनाउने अभियानमा छौं : ओली

अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने उदेश्यका साथ एमाले समृद्धिका लागि संकल्प यात्रामा होमिएको बताएका छन्। शनिबार साँफेबगरमा अयोजित बाजुरा र अछामको संयुक्त सन्देश सभालाई सम्बोधन गर्दे अध्यक्ष ओलीले साढे ३ वर्ष एमालेको सरकार हुँदा देशमा विकासको लहर चलेको भन्दै त्यही लहरलाई कायम राख्न एमाले कटिबद्ध रहेको बताए।

ओलीले एमाले सरकार बाहिर हुँदा अस्थिरता, अराजकता, मनपरितन्त्र मौलाएको बताए। वर्तमान सरकारले अपराधिहरूलाई संरक्षणबाहेक केही गर्न नसकेको उनको भनाइ छ।

उनले यात्राका क्रममा विभिन्न ठाउँका कला, संस्कृति, सभ्यता, पर्यटकीय स्थलहरू, धार्मिक स्थलहरू, कृषि क्षेत्रको स्थलगत अध्ययनपछि ठोस योजना तयार पारेर फेरि एमालेले अभियान सञ्चालन गर्ने बताए। एमाले नेता भीम रावलको गृह जिल्लामा पुगेर ओलीले आन्तरिक एकताका साथ बिना मनमुटाव एकजुट हुन आह्वान गरे। राष्ट्रियस्तरबाट एमालले सञ्चालन गरेको अभियानमा गृह जिल्लामा नै भीम रावललाई बोलाइएको थिएन। अध्यक्ष ओलीले बयालपाटा अस्पताल र वैद्यनाथ धामको समेत अवलोकन गरेका थिए।

 

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस