२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

जेलमा रहेका पूर्वगृहमन्त्री खाँणलाई कांग्रेसले देउवाको हातबाट गर्‍यो सम्मान

Balkrishan_khand

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ। नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका खाँडलाई शनिवार सम्मान गरिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन्। रामकृष्ण रुपन्देही कांग्रेस सभापति पनि हुन्। पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा वैशाख २७ गते निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।

सभापति देउवाले ‘अदालतबाट अभियोग पुष्टि भई नसकेको’ भन्दै खाँणले न्याय पाउने बताउँदै आएका छन्। उच्च अदालत पाटनमा शुक्रवार आदेश दिने क्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा दुई न्यायाधीशबीच मत बाझिएको थियो।

 

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस