काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् को स्थगित ३१ औ अधिवक्ता परीक्षाको नयाँ मिति तोकिएको छ । भर्खरै अत्यन्त जरुरी सूचना जारी गरेर परिषद् ले पुसको १३ र १४ गते परीक्षा मिति तोकेको हो ।
यसअघि २०८०१०८।२२ र २३ गतेको अधिवक्ताको ३१ औ परीक्षा काठमाडौं लगायत उपत्यका बाहिर बिराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र महेन्द्रनगरमा समेत सञ्चालन हुने स्थगित गरेको थियो । अहिले यी सबै स्थानमा परीक्षा हुनेगरी मिति तय भएको हो । सूचना यस्तो छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार

