काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ झन्डै ६ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार असोजमा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको हो। गत वर्षको असोजको तुलनामा यस वर्ष विद्युत् निर्यातबाट प्राप्त रकम ९६ करोड २० लाख रुपैयाँले बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ।
यसैबीच, बाढीका कारण रोकिएको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पनि कात्तिक ६ गतेदेखि पुनः सुरु भएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट निर्यात अनुमति प्राप्त भएसँगै भारततर्फ विद्युत् निर्यात गर्न स्वीकृत कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति : २०८३ कार्तिक ९ गते आइतवार


