२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

धनुषाको हंसपुर अचानक रणभूमिमा परिणत : प्रहरीबीच झडप, आगजनी र हवाइ फायर

Hanspur in Dhanusha suddenly turned into a battlefield clashes between the police, arson and aerial fire

काठमाडौँ । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एकको मृत्यु भएको छ । स्थानीय दीपा मण्डलको मृत्यु भएको हो । उक्त घटनाले हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ।

गए राति सुगानिकास गाउँमा दुई पक्षबीच विवाद हुँदा ३५ वर्षीय दीपा मण्डल घाइते भएकी थिइन्। त्यसपछि प्रहरी आई घाइते मण्डललाई पक्राउ गरी कुटपिट गरेको र प्रहरीकै कुटाइबाट उनको मृत्यु भएको स्थानीयको आरोप छ।

आक्रोशित स्थानीयहरूले आज बिहानै प्रहरी चौकी घेर्दै नाराबाजी गर्न थालेका थिए। यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाइ फायर र रब्बरको गोली पनि प्रहार गरेको थियो। प्रहरीको गोली लागेर एक जना घाइते भएको स्थानीयले जनाएका छन्। आक्रोशित भीडले प्रहरीको तीन वटा मोटरसाइकल पनि जलाएको छ। उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस