२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

२५ सय सम्पत्ति पछि खुल्न आउँदा नैतिकतामा अस्ट्रेलियाकी मुख्यमन्त्रीले रुँदै दिइन् राजीनामा

Natasha Fyles resigns as Northern Territory Chief Minister after allegations she failed to declare mining shares

काठमाडौं । यो एक विश्व राजनीतिको बिरलै हुने घटना नेपालका लागि प्रेरणा मिलोस् भनेर यहाँ लेख्दैछौं । १८ महिनाअघि अस्ट्रेलियाको उत्तरी क्षेत्रको सर्वोच्च पदमा पुगेपछि नताशा फाइल्सले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् । राजीनामा दिनुको कारण थाहा पाउँदा तपाईपनि चकित हुनुहुनेछ ।’

उत्तरी क्षेत्र एउटा खानी सञ्चालन गर्ने कम्पनी थियो । उक्त खानीबाट धुलो निस्किएर आफूहरु हैरान भएको भन्दै नजिकका स्थानीयले खानीविरुद्ध उजुरी दिए । उक्त खानीको मापदण्डका सम्बन्धमा छानबिन गर्न प्रदेश सरकार अर्थात् मुख्यमन्त्री नताशा फाइल्सको नेतृत्वको मन्त्रीपरिषद्ले छानबीन टोली गठन गर्यो ।

टोलीले स्थलगत अनुशन्धान गरेर उक्त खानीले प्रभावित क्षेत्र बाहेक बाहिर खासै असर नगरेको, प्रभावित क्षेत्रमा स्थानीयलाई मुआब्जा दिएर अन्यन्त्र सारिसकिएको र खानीले सबै मापदण्ड पालना गरेको प्रतिवेदन दियो । प्रतिवेदन पढ्दै खानी बन्द गर्नुपर्ने अवस्था नरहेको अभिव्यक्ति मुख्यमन्त्री नताशाले दिइन् । त्यसपछि स्थानीयले खोजी गरेर उक्त खानीमा केही दर्जन कित्ता अर्थात मात्र २५ सय डलरको सेयर उनै मुख्यमन्त्री नताशाको नाममापनि रहेको पत्ता लगाए । यो तथ्यसहित कम्पनीमा आफ्नोपनि आफू सानै हुँदाको लगानी रहेकाले मुख्यमन्त्रीले जोगाउने प्रपञ्च गरेको आरोप लगाए ।

नताशालाई भने आफ्नो नामको सेयर उक्त कम्पनीमा छ भन्ने थाहा नभएको बताइन् । भएपनि वर्तमान अवस्थामा समेत मात्र २५ सय डलरको सेयरको कुनै अर्थ नहुँने भन्दै अरुले उनको बचाउ गर्न उत्रिए । तर नताशाले रुँदै आफ्नो अन्जानबसको कार्यबाट नागरिकमा आफूप्रति शंका भएकाले नैतिकताका आधारमा पदबाट राजीनामा घोषणा गरिन् ।

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस