२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

मकैको खोया प्रहारबारे रास्वपाले भन्यो-रविको चरित्रहत्या र पार्टीको छविलाई धमिल्याउन खोजियो

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो पोखराको अमरसिंह चोकमा आयोजित सभामा मन्तव्य दिँदै गर्दा सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरिएको सन्दर्भलाई केही सञ्चारमाध्यमले अत्यन्तै निकृष्ट रूपमा प्रचार गरेकोको भन्दै आपत्ति जनाएको छ। प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै तथ्यलाई पूरै बेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर प्रवाह गरिएको भन्दै आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक व्यक्ति भएकाले नेता विशेषको आलोचना वा तिनकाप्रति जनप्रतिक्रिया आउनु स्वभाविक हो । यद्यपि, पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन । यसबारे न प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन् । सभापति लामिछानेसँग त झनै सोधिएको छैन ।’

आधिकारिक स्रोतले केही जानकारी नदिँदा-नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ प्रेषित गरिएको उल्लेख छ। रास्वपा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध छ। तथापि, भ्रमपूर्ण समाचार प्रेषित गर्नु स्वतन्त्र पत्रकारिताको मर्म विपरीत हो ।

हिजोका घटनालाई लिएर केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रेषित गरेर सभापति लामिछानेको चरित्रहत्यासँगै सिङ्गो पार्टीको उदीयमान छविलाई धुमिल बनाउने प्रयास पनि गरेका छन्, ‘विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस