२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

दिलभुषण पाठकले छोडे कान्तिपुर टेलिभिजन, नयाँ प्रधान सम्पादक को हुन् ?

काठमाडौं । कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिनुभएको छ । कान्तिपुरले नयाँ प्रधानसम्पादकको जिम्मेवारी विजय पौडेललाई दिन लागेको छ । प्रधानसम्पादक पाठकले कान्तिपुर टेलिभिजन छोडेपनि कतिपय प्राविधिक कुराहरू मिल्न बाँकी रहेको जानकारी दिनुभयो । पाठकका अनुसार केही विषयहरू मिल्न बाँकी रहेकाले लिखित राजीनामा दिएको छैन । पाठक २०७८ भदौमा कान्तिपुर टिभीको प्रधानसम्पादक हुनुभएके थियो । कान्तिपुर टिभीको नयाँ प्रधानसम्पादक पौडेल निश्चित भए पनि कहिलेदेखि हाजिर हुने टुंगिसकेको छैन । अर्कोतिर कान्तिपुर टिभीले रूपेश श्रेष्ठलाई सम्पादकका रूपमा कान्तिपुरमै फर्काउने भएको छ ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस