२०८३ कार्तिक १० गते सोमवार | 2026 October 26th Monday

अंग्रेजी नयाँ वर्ष स्वागतको पर्खाइमा ठमेल, युवा-युवतीका जाेडा प्रवेशसँगै बन्न थाल्याे मदहाेश

काठमाडौं । अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रुपमा स्थापित हुँदै गएको छ ।

पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने गरेका छन् विगत झैँ यसवर्ष पनि अंग्रेजी नयाँ वर्ष, २०२३ लाई लक्षित गर्दै देशका मुख्य पर्यटकीय गन्तव्यमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम भइरहेका छन् । यसै सन्दर्भमा काठमाडौँको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा ‘न्यू इयर इभ’( नयाँ बर्ष पूर्वसन्ध्या) को तयारीस्वरुप ठमेल क्षेत्र बेहुली झैँ सिँगारिएको छ ।

खुल्ला र सफा सडकमा पर्यटकलाई शान्त वातावरणमा मनोरञ्जनात्मक गतिविधिका लागि व्यवसायीले विभिन्न प्याकेज ल्याएका छन् । (डिसेम्बर ३१) आज आइतबार हुने न्यू इयर इभ कार्यक्रम र अफरका तुल, ब्यानर र सजावटले ठमेल क्षेत्रका होटल, रेष्टुराँ, क्लब, गजल तथा दोहोरी साँझ रेष्टुराँ रङ्गिएका छन् । सडकमा विभिन्न कार्यक्रम भइरहेका छन् ।

विभिन्न क्षेत्रबाट युवा युवतीका जाेडा ठमेल प्रवेश गरिरहेका छन् । साँझदेखि नै मदिराकाे बास्नामा मदहाेश बनिरहेकाे छ ठमेल ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस