२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

काठमाडौं महानगरद्वारा सन्दुक रुइतदेखि मनीषा कोइरालासम्म सम्मानित

From Sanduk Ruit to Manisha Koirala, honored by Kathmandu Metropolis

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइतलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ । २९औं वार्षिकोत्सवको अवसरमा महानगरपालिकाले वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइतलगायत व्यक्तिलाई सम्मान गरेको हो ।

महानगरले अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई पनि महानगरपालिकाले सम्मान गरेको छ ।

एआईजी मीरा चौधरी, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापित पनि सम्मानित भएका छन् ।

उनीहरूलाई महानगरले जनही १ लाख ५० हजार नगदसहित सम्मान गरेको हो । सम्मान पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका थिए भने महानगरका मेयर बालेन शाहले दोसल्ला तथा उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेकी थिइन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस