२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

टोपीको सट्टा ‘धोती दिवस’ मनाउने सांसदहरु सहित कयौंलाई प्रहरीले पक्रियो

police action along with MPs celebrating 'Dhoti Day'

१६ पुस, काठमाडौं । जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएकाहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ । आज बिहान मधेशी समुदाय सांसदहरु सहितका केही व्यक्तिहरु सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए । उक्त प्रर्दशनमा प्रहरीले हस्तक्षप गरेको छ । केहीलाई पक्राउ गरेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोज्दा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको छ । सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । यही क्रममा जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसहित केही पक्राउ परेका छन् ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस