२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

भारतमा करोडौंको चरेससहित पक्राउ परेका दुई नेपाली महिला को हुन् ?

Who are the two Nepali women who were arrested in India with millions of hashish?

काठमाडौं । नेपाल र भारतबीच भएको खुला सिमाना तस्करहरुका लागि सुनौलो अवसर बनिरहेको छ । सीमा क्षेत्रमा खटिएका सुरक्षार्कीको लाखौं प्रयासले पनि लागुऔषध तस्करी रकेन् सक्दैँन् । समय समयमा सीमा क्षेत्रमा दुवै देशका अपराधीहरु पक्राउ पर्ने गरेका छन् । यसबीच नेपाल–भारत सीमा क्षेत्रमा एसएसबी र प्रहरीको टोलीले ठूलो परिमाणमा चरेस (लागुऔषध) सहित दुई महिलालाई पक्राउ गरेको जानकारी दिएको छ ।

यी दुई नेपाली महिलाविरुद्ध एनडीपिएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी जेल चलान गरिएको छ । उत्तर प्रदेशको बहराइच जिल्लास्थित रुपैडिहा नाकाबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट करोडौंको चरेस बरामद गरिएको छ । नयाँ वर्ष २०२४ को अवसरमा सीमामा कडा निगरानी राखेको भारतीय एसएसबीको ५९ औं गणले सोमबार (आज) भारत आउने–जानेको चेकजाँच गरिरहेका थियो । अनुसन्धानका क्रममा एसएसबीका महिला जवानले नेपालबाट भारत प्रवेश गर्ने महिलालाई चेक जाँच गरेका थिए ।

दुवै नेपाली महिलाको साथबाट करिब ६ केजी चरेस बरामद भएको छ । दुवैलाई प्रहरीको जिम्मा लगाइएको छ । सुर्खेत भेरीगंगाकी चन्द्रकुमारी र सिन्धुपाल्चोककी सञ्चमाया तामाङ समातिएका हुन् । दुवै विरुद्ध विभिन्न धारमा मुद्दा दर्ता गरी जेल चलान गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी गराएका छन् । बरामद चरेसको अन्तर्राष्ट्रिय बजार मूल्य करोड भन्दा धेरै छ ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस