२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

दम बढेपछि महासचिव वैद्य अस्पताल भर्ना

काठमाडौं । दमसम्बन्धी समस्या बढेपछि महासचिव मोहन वैद्य अस्पताल भर्ना हुनुभएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको हो । पार्टी प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहका अनुसार दम बढेपछि अस्पताल भर्ना गरिएको थियो । अहिले अवस्था सुधारोन्मुख रहेको छ । थप दुई दिन अस्पतालमा रहनुहुने वैद्य तीन दिनअघि अस्पताल भर्ना हुनुभएको हो ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस