२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

विभिन्न काण्डबाट बच्न सत्तारुढ दललाई एमालेको साथ चाहिन्छ : नेता कोइराला

११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेटेर लैजाने विषयमा सत्तारुढ गठबन्धनभित्र आज पनि छलफल हुँदैछ ।

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले अहिले सत्तारुढ दलहरुलाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको बताउनु भएको छ । बिहीवा सामाजिक सञ्जाल एक्समार्फत उहाँले यस्तो बताउनु भएको हो । उहाँले लेख्नुभएको छ, ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् ।’

उहाँले अगाडि लेख्नुभएको छ, ‘कारण स्पष्ट छ: सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’ ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेटेर लैजाने विषयमा सत्तारुढ गठबन्धनभित्र आज पनि छलफल हुँदैछ । बिहान ९ बजेतिर गठबन्धन दलका नेताहरुको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस