काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने उक्त बैठकका लागि कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक सम्बन्धमा छलफल हुनेछ ।
प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार

