२०८३ कार्तिक १० गते सोमवार | 2026 October 26th Monday

काठमाडौंको तापक्रम यो बर्षकै सवैभन्दा कम, ३ डिग्रीमा झर्यो

Today is the coldest of the year, Kathmandu is getting cold

काठमाडौं । आज काठमाडौं उपत्यकामा यो वर्षकै बढी चिसो महसुस गरिएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ३ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोे अधिकतम तापक्रम १६ देखि १८ सम्म पुग्न सक्ने मौसमविद् गोविन्द झाले जानकारी दिए।

आज काठमाडौंको मौसम सामान्यतया हिजो जस्तै सफा रहनेछ। आज दिउँसोे कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिदेखी भने तराईका भूभागमा पश्चिमी वायूको प्रभावले बादलको मात्रा बढ्ने मौसमविद् झाले बताए । हुस्सु घाम लागेपछि हट्ने भएपनि बादल भने हतपत नहट्ने नहुनाले भोलि दिउँसो पनि तराईका भूभागमा मौसम धुम्म हुने र थप चिसो बढाउने सक्ने मौसमविद झाले बताए ।

 

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस