२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति, जयशंकरको शव उठ्यो

Jaishankar was preparing to get married this year

जनकपुरधाम। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो ।

बरहथवामा बसेको छलफलबाट छानबिन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ ।

गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाएको छ । बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो । शाहको शव पोस्पमार्टम गरेर परिवारलाई बुझाइने र परिवारले अन्तिम संस्कार गर्ने छन् ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस