२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

जनता संग संसद : न्यानो कपडा बोकेर अति बिपन्न मुसहरका बस्तीमा भगवती चौधरी

इटहरी / सुनसरी। सुनसरी जिल्ला ३ नं निर्वाचन क्षेत्रकि संसद पुर्व मन्त्रि भगवती चौधरी ले गत निर्वाचन मा बर्सौ देखि एक छत्र राज गर्दै आएका कांग्रेस नेता बिजय गछ्च्यदार लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य मा निर्वाचित हुनु भएको हो। त्यसैले पनि स्वाभाविक रुपमा यस क्षेत्रक जनताको आस अपेक्षा भगवती चौधरी प्रति धेरै नै छ। जिल्ला आएको बेला हरेक टोल टोल मा गएर समस्या बुझ्ने र समाधान गर्न गराउन लागि पर्ने उहाको प्रतिवद्दता छ।

पछिल्लो पटक जिल्ला आएको बेला इटहरीका विभिन्न वडामा निरन्तर घुम्दै, स्थानीयका समस्या बुज्दै आउनु भएकि माननीय भगवती चौधरी ज्यु तथा कोशी प्रदेश संसद माननीय रोहित कार्की ज्यु को उपस्थिति मा स्थानीय जन प्रतिनिधि तथा स्थानीय समाजसेवी, बुद्दिजिवि, एवम अगुवा कार्यकर्ताको सहितको टोलीले इटहरी ७ का बिभिन्न ठाउँ, शिव-पार्वती मन्दिर, पुर्व मुसरी, एस ओ एस बालग्राम तथा लक्ष्मी आधारभूत मा बि निरिक्षण गरियो साथै स्थानीय सँग समस्या सोध्ने बुझ्ने र समाधान को निम्ति पहल गर्ने प्रतिवद्धता गर्दै शिव पार्वती मन्दिर परिसरमा एक कार्यक्रम का बिच करिब ७० जना बृद्द-वृद्धा लाई सम्मान गरियो।

साथै मन्दिर अगाडी खोलामा पक्कि पुल निर्माणको निम्ति बजेट परेकोले डिपिआर तयार गर्ने, भूतपूर्व प्रहरी संगठन को भवन निरिक्षण तथा आवस्यक पूर्वाधार निर्माणको निम्ति आवस्यक बजेट को निम्ति पहल गर्ने र व्यक्तिगत रुपमा केहि रकम सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो। लक्ष्मी स्कुलको पूर्वाधार को निम्ति आवस्यक लागत स्टिमेट गरि पठाउने तथा बिपन्न समुदायको निम्ति सुरक्षित आवास निर्माण को निम्ति उचित जग्गा खोज्ने, साथै लक्ष्मी स्कुल अगाडी फुटबल खेलिरहेका खेलाडी हरुलाई प्रोत्साहन गर्दै ५ वटा फुबल, २ वटा भलिबल,नेट लगायत आवस्यक सामग्री दिने वचन दिनु भयो।

त्यस्तै पुर्बी मुसहरी वस्तीमा रहेका अति बिपन्न परिवाका ४० जनालाई न्यानो कपडा वितरण गरियो। साथै सोहि वस्तीमा रहेको मन्दिर व्यवस्थापन समिति मार्फत सामुहिक प्रयोगको निम्ति ३९ वटा प्लेट, ग्लास, डेक्ची, स्पोन हस्तान्तरण गर्नु भयो। उपत् कार्यक्रम मा ईटहरी ७ का जनप्रतिनिधि दिपक घिमिरे, नेत्र प्रसाद गुरागाईं, राधा आचार्य, तथा भूतपूर्व सैनिक संगठनका केन्द्रीय सचिव निश्चल घिमिरे तथा विराट टेलिभिजनका प्रोप्राइट विकल पौडेल को उपस्तिती रहेको थियो।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस