२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मंगलबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ खरिद–बिक्री ?

gold price today nepal

काठमाडौं, माघ २ । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ। सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि सामान्य घटेको छ। सोमबार प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस