२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंमा बर्षा, चन्द्रागिरि, कालिन्चोकमा हिउँ खेल्नेको ओइरो लाग्न सक्छ

Rain in Kathmandu

काठमाडौं । काठमाडौं लगायत देशभरका अधिकांश स्थानमा बर्षा सुरु भएको छ । हिउँदे बर्षाको संकेत देखिएपछि मानिसहरु उत्साहित बनेका छन् । काठमाडौंमा दिउँसो फाट्टफुट्ट पानीका थोप्ला खसेपनि राति सामान्य पानी पर्ने पूर्वानुमान छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको भनेको छ । यही बेला काठमाडौंको उच्च स्थान

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको भनेको छ । यही बेला काठमाडौंको उच्च स्थान चन्द्रागिरि र काठमाडौंबाट नजिकको हिमाली क्षेत्र कालिन्चोकमा हिउँ पर्ने देखिन्छ ।

 

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस