२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

१५ लाख घुससहित वडाध्यक्ष अख्तियारको फन्दामा

1.5 million in bribes, ward president in the trap of authority

काठमाडौं । १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बनेपा–९ का वडाध्यक्ष नृपेश बादेलाई नियन्त्रणमा लिएको हो। उनलाई बुधबार बेलुकी भक्तपुरको मध्यपुर थिमी– ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

आयोगले वडाध्यक्ष बादेसँगै आएका कारचालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको छ। उनको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन र १०० अमेरिकी डलर बरामद भएको आयोगले बताएको छ। कारसहित प्रधानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले जानकारी दिए।

 

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस