२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

ईप्रका पटेर्वा सुगौलीद्वारा १८ सय गाँजाका बोट र ५० लिटर घरेलु मदिरा नष्ट

वीरगन्ज । पर्सा प्रहरीले गाँजा खेती र घरेलु मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले ७ ठाउँमा लगाएको १८ सय गाँजाको बोट र ५० लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख एवम प्रहरी निरीक्षक राजाराम केशरीको कमान्डमा खटिएको प्रहरी टोलीले जिराभवानी गाऊपालिका वडा नम्बर २ सेढवा र ३ जितपुरमा लगाएको अवैध गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस