२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पौडी खेल्दा मान्छे बेहास प्रकरणमा होटल स्वायरका एक सञ्चालक पक्राउ, अर्की एक फरार

An owner of Hotel Swire was arrested in the case of intoxicating people while swimming

काठमाडौ । प्रहरीले ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई हिजो (शनिबार) नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता एसपी नवराज कार्कीले होटल सञ्चालक भण्डारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले भने, “हामीले होटल सञ्चालक ललिता देवकोटा भण्डारीलाई हिजो पक्राउ गरेका हौं, अर्का सञ्चालक रोमी अर्यालको खोजी जारी छ । सूचना पाउने बितिकै पक्राउ गछौं ।”

ललिता रोमीको सासु हुन्। जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनी घाइते भएपछि परिवारले उक्त होटलका सञ्चालकहरू रोमी अर्याल र ललिता भण्डारीविरूद्ध जाहेरी दिएका थिए।

गत भदौमा स्क्वायर होटलको स्विमिङ पुलमा स्विमिङ गर्दा करेन्ट लागेर हालसम्म कोमामा रहेका ललितपुरकै मानभवनका सजिलमान शाक्यका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । पीडित परिवारले जाहेरी दिएपछि होटल सञ्चालक रोमी अर्याललाई पक्राउ गर्न ललितपुर प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस