२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

झनै बिग्रिदो मौसम : सचेत रहन अपिल

weather forecast nepal

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले आज पनि दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ। विगत केही दिनदेखि शीतलहरसँगै हुस्सु र कुहिरो लाग्दा तराई मधेशको जनजीवन कष्टकर बनेको छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन। तर, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार पनि देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहेन र बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने अनुमान महाशाखाको छ। बधुबार पनि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।

 

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस