२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

यस्तो विकल्प दिएर बालेनले न्यूरोडमा लगाए सवारी पार्किङ निषेध, बन्यो दुनियाँकै शान्त बजार

By giving this option, Balen banned vehicle parking on New Road

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइनेछ।

यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जसरीपनि न्यूरोड क्षेत्रलाई सवारी मुक्त गरेर अत्यन्तै शान्त बजार क्षेत्र बनाउँन चाहान्थे । त्यही योजना अनुसार विकल्पसहित उनले रोकावट लगाइदिए ।

तयारीका विषयमा जानकारी गराउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्छन्, ‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौं। यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौं। उनकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिनेछ। यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ।’

 

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस