२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेलाई कम्पनीको झुट्टा विवरणमा दुई र विगतको छुट समेत थपिएर पाँच बर्ष कैद हुनसक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले फेरि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने कसूर गरेको आफै खुलाएका छन् । कम्पनीहरुमा यस्तै हुन्छ ! भन्दै उनले कम्पनी रजिष्‍ट्रारको कार्यालयलाई ढाँट्न मात्र कागज बनाएको आफैले खुलाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै १ करोड ८० लाख रुपैयाँ रवि लामिछानेको खातामा आएको प्रकरणमा उनले उक्त रकम (जीबी) गितेन्द्रबाबु रार्ईबाट आफ्नो खातामा नआएको दाबी गरेका थिए । त्यसपछि जीबीले रविको बैठक खातामा रकम आए जस्तो हुने कार्य चै किन गरे ! आम साधारण व्यक्तिको खातामा त्यस्तो किन हुन्न ? रविकोमा मात्र किन हुन्छ ? भन्ने प्रश्न आज पाठकमा थियो । उक्त प्रश्नको जवाफमा रविले कम्पनीलाई ढाँट्न भएको काम हो, भनेर आफै खुलाए ? कम्पनी चलाउने साथीहरुले बुझ्नु भएको छ, यहाँ यस्तै चल्दो रहेछ । यो मेरो गल्ती हो । कारबाही खेप्न तयार छु समेत भनेका छन् । उनले कम्पनीको सेयर जीबीलाई बेचेको हो । मैले जीबीबाट १ करोड ८० लाख बुझेको हो भनेर कानूनी कागजमा औठा छाप समेत लगाएका छन् । मेरो बैक खातामा रकम प्राप्त गरेको छु । रकम लेनदेन भएको छ । विवरण सत्य हो । फरक पर्न गएमा सहुँला, बुझौँला भनेर सही छाप गरिदिएको कागज समेत उनै रविले सार्वजनिक गरेका छन् ।

अब यही प्रमाणलाई लिएर कम्पनी ऐन २०६३ को दफा (१६०) बमोजिम रविलाई सजाय र जरिवाना हुनसक्छ । दफा १६० मा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने भन्ने उल्लेख छ । जहाँ देहायको काम गर्ने, देहायका व्यक्तिलाई बीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ :– यसमा (२९) वटा बुँदा छन् । उनलाई ऐनको दफा (१६०) को उपदफा (ज) बमोजिम– यस ऐन बमोजिमको विवरण नदिने वा झुट्टा विवरण दिने शेयरधनीलाई पचास हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने भन्ने कानून आकर्षित हुन्छ । उनी कानूनतः शेयरधनी हुन् र उनले रजिष्टारको कार्यालयलाई झुट्टा विवरण दिएको आफैले स्वीकार गरेका छन् ।

यस्तो हुँदा यसअघि नागरिकता र राहदानी विवादको विषयमा सजाय छुट पाइसकेका रविले कानून अनुसार अब भने छुट पाउने छैनन् । कानून अनुसार सजाय छुट एक पटकका लागि मात्र हुन्छ । त्यति मात्र हैन । कुनैपनि पटके कसूरदारलाई त्यसअघि पाएको छुट सजाय समेत थप गरिन्छ । अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको अभियोगमा लामिछानेले यसअघि कानूनी छुट पाएका थिए । राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि ५ लाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।

लामिछानेले मैले यो कानून थाहा पाइन । राहदानी लिएर मैले राष्ट्रलाई कुनै क्षति हुने काम गरेको छैन । माफी चाहान्छु भन्ने कागजात गरेपछि यो कसूरमा सजाय छुट पाएका थिए । मुलुकी अपराध संहिता, २०७४ को दफा (४७) बमोजिम एक पटक छुट पाइसकेको व्यक्तिले फेरि छुट पाउँदैन ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले यही कसूर थाहा पाएर संसदीय समितिको बैठकमा एक पटक छुट पाएपछि पटक–पटक पाइहाल्छु भन्ने नसोच्न चुनौती दिएका थिए । श्रेष्ठले रविलाई अब जसरीपनि कानूनी सजाय भोग्न तयार रहन चुनौती जस्तै दिइसकेका छन् । यसैले रविले अब उन्मुत्ति पाउने अवस्था देखिन्न । कम्पनी ऐन अनुसार रवि दोषी ठहर भए उनलाई राहदानी ऐन २०७६ को सजायपनि थप हुनेछ । कानून अनुसार कानूनी छुट पाएको व्यक्तिले फेरि कसूर गरे अघिल्लो छुट पाएको कसूरपनि थप गरिन्छ । यस्तो अवस्थामा उनलाई ५ बर्षसम्म जेल सजाय तोकिन सक्छ ।

झुट्टा विवरण फौजदारी कसूर अन्तर्गत पर्दछ । फौजदारी कसूर सजाय निर्धारण तथा कार्यन्वयन ऐन २०७४ को दफा (१५) उपदफा (२) (ग) बमोजिम पटके कसूरदारलाई पछिल्लो कसूर बापत हुने सजायको दोब्बर थप सजाय भनिएको छ । यो मुद्दा अदालत जान्छ । न्यायाधीशले चाहाने हो भने उनलाई दोब्बर थप सजायपनि हुनसक्छ ।

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस