२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

घलेम्दी हाइड्रोको अवितरित हकप्रद सेयर बिक्री खुला

Right Share Nepal

काठमाडौं । घलेम्दी हाइड्रोले मंगलबारदेखि अवितरित हकप्रद सेयर लिलामीमा बिक्री खुला गरेको छ। कम्पनीले ३२ लाख १७ हजार ७ सय २४ कित्ताबराबरको अवितरित सेयर बिक्री खुला गरेको हो। कम्पनीले योभन्दा अघि मंसिर १० देखि पुस १६ गतेसम्म २ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो।

त्यतिबेला वितरण हुन नसकेपछि सर्वसाधारणतर्फको यो सेयर माघ २३ गतेसम्म लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो। यो सेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।

कम्पनीले विद्यमान चुक्ता पुँजी ५५ करोड रुपैयाँको आधारमा दुई सय प्रतिशत हकप्रद सेयर बिक्री गरेको हो। सो अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद बिक्री खुला गरेकोमा पुस २५ गते ७७ लाख ८२ हजार २ सय ७६ कित्ता हकप्रद सेयर बाँडफाँट भएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस