२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

हेलम्बुमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

Jeep accident in Helambu, two Bhutanese killed

काठमाडौं, माघ १७ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जिप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। बुधबार बिहान करिब ११ बजेतिर बा २ च ४४५० नम्बरको जिप दोरिङमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली ९चालक० सवार थिए।

तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईले सेतोपाटीलाई जानकारी दिए। भुटानी नागरिकहरू ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको खुलेको उनले बताए। गुम्बा जाँदै गरेको जिप सडकबाट ५० मिटर तल खसेको थियो।

घाइते भएकामध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेलाई पनि हेलिकप्टरबाटै काठमाडौं ल्याउने तयारी छ। जिपका चालक हेलम्बु गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीय रामचन्द्र भण्डारी रहेको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस