२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

नेपालबाट कलिला युवती लैजादै अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्ने दम्पती पक्राउ

A couple who were operating a sex business by renting an apartment while taking young girls from Nepal were arrested

 

काठमाडौँ । यौन व्यवसाय सञ्चालन गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका-७ का वर्ष ३५ का टिकाराम भण्डारी र उनकी श्रीमती वर्ष ३१ की अस्मीता भण्डारी, रिया वली भन्ने टिका कुमारी वली रहेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई कञ्चनपुर जिल्लाको सीमा इलाकाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ । भण्डारी दम्पतीले भारतको दिल्ली स्थित विभिन्न होटेल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्‍याई बेश्याबृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीका अनुसार उनीहरूले आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।

भण्डारी दम्पतीले वेबसाइट मार्फत अनलाइन बेश्याबृत्तिको –याकेट चलाउने गरेको पाइएको छ । ह्वाट्सएप ग्रुप बनाई सम्पर्कमा आएका ग्राहकहरूले अनलाइन पेमेन्ट गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीहरूलाई पठाउने गरेको खुल्न आएको प्रवक्ता पगेनीले बताए ।

बेश्याबृत्तिको लागी भाडामा लिएको अपार्टमेन्टमा सिसी क्यामेरा जडान गर्नुका साथै पीडितहरूलाई नयाँ मोबाइल, भारतीय सिम समेत उपलब्ध गराई ह्वाट्सएप, फेसबुक आई.डी. बनाई पासवर्ड आफैले राखी अनलाइन निगरानी गर्ने गरेको पाइएको छ ।
बेश्याबृत्तिबाट कमाई भएको ८०% रकम भण्डारी दम्पतीले लिने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरूले भारत पुर्‍याएका ९ जना युवतीहरूलाई ब्युरोको समन्वयमा उद्धार गरिएको छ ।

गत चैत्रमा उनीहरू विरुद्ध ६ वटा मुद्दा दर्ता भएकोमा ३ जना प्रतिवादीहरू पक्राउ परी हाल पुर्पक्षको लागी कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ । दिल्ली स्थित नेपाली दूतावास, भारतीय प्रहरी तथा केआइएन सँगको समन्वय र सहयोगमा दिल्लीबाट ५ जना थप पीडितहरूको उद्धार गरी नेपाल ल्याई हाल सुरक्षित आवास गृहमा राखिएको छ ।

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस