२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

माओवादीका पूर्वब्रिगेड कमान्डर लागुऔषध मुद्दामा पक्राउ, रिहा गर्न बाबुरामको माग

Maoist ex-brigade commander arrested in drug case

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाका केन्द्रीय सदस्य एवं माओवादीका पूर्वब्रिगेड कमान्डर जितमान पुन मार्शल पक्राउ परेका छन्। उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि हालैमात्र सार्वजनिक भएको हो।

रुकुम पूर्वको भुमे गाउँपालिका–१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो। सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

तर पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जनयुद्धकालीन मुद्दामा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएका छन्। उनले पुनलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट सांसद पदमा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिको उम्मेदवारसमेत थिए।

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस