२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

बुबाले आफ्नै छोरी बलात्कार गरिरहेका थिए, घटना देख्ने आफ्नै छोरालाई बन्चरोले हानेर मारे

The father was raping his own daughter, and killed his own son with an axe, who saw the incident

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । प्रहरीले बिहीबार बिहान १० बजे उनलाई कैलालीको टिकापुर–१ देखि पक्राउ गरेको हो । उनलाई १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।

 

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस