२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौंमा वर्षा, उच्च हिमाली भेगमा हिमपात (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार अपराह्न छिटपुट वर्षा भएको छ। काठमाडौं र ललितपुरमा बिहीबार अपराह्नपख छिटपुट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘उपत्यका आसपासका स्टेसनमा कति पानी पर्‍यो भनेर रेकर्ड त भइसकेको छैन। तर पानी परेको सूचना प्राप्त गरेका छौं,’ मौसमविद् गोविन्द झाले भने। यस्तै उच्च हिमाली भेगमा हिमपात भएको छ। हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा हिमपात भएको हो। यस्तै रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित कुइनेमा भारी हिमपात भएको छ। हिउँका कारण सवारीसाधन सञ्चालन गर्न समस्या भएको थियो।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको उमिधुरी र कुइनेखानी क्षेत्रमा पनि हिमपात भएको छ। हिमपात भएपछि यस क्षेत्रमा आवतजावत गर्न कठिनाइ भएको छ। यस्तै जुम्लाको सदरमुकाम खलङ्गा बजारमा हिमपात भएको छ। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ।

 

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस