२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बालकुमारी घटना जाँचबुुझ गर्न बनेको आयोगको म्याद १५ दिन थप

15 more days for the commission formed to investigate the Bal Kumari incident

काठमाडौं । ललितपुरको बालकुमारीमा एक महिना अगाडि भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ । बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाको विषयमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको ज्यान गएको थियो भने मन्त्रीको गाडी जलाइएको थियो ।

यस घटनाको छानबिन गर्न मन्त्रिपरिषद्ले पुस १६ गते गठन गरेको जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम नसकिएकाले म्याद थपिएको हो ।

 

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस