२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएपछि आकस्मिक केन्द्रीय समिति बैठक बस्न लागेको हो।

महामन्त्री गगन थापाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न आकस्मिक केन्द्रीय समिति बैठक बोलाइएको हो।

निमोनियाबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो। पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापाको शनिस्चरेका हुन्। उनी पञ्चायतदेखि नै राजनीतिमा सक्रिय थिए। बुढाथोकी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा त्यही मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्री थिए।

 

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस