२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

अध्यागमन अधिकृतमाथि हातपात गर्ने असईलाई निलम्बन गर्न भएको सिफारिस रोकियो

काठमाडौं । अध्यागमन अधिकृतमाथि हातपात भएको घटनामा जोडिएका असईसहित तीन प्रहरी कर्मचारीलाई त्यहाँबाट सरुवा गरिएको छ ।

असई सञ्जय तामाङ र दुई जना सिपाहीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सुरुवा गरिएको छ। ‘यो पनि एक खालको कारबाही नै हो’ प्रहरी स्रोतले भन्यो। यसअघि अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि हातपात भएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समितिले असई तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो। उक्त सिफारिसपछि असन्तुष्ट जनाउँदै त्रिभुवन विमानस्थल प्रहरी प्रमुख अर्जुन चन्दले राजीनामा बुझाएका थिए। प्रहरी प्रधान कार्यालयसँग छलफल भएपछि उनी राजीनामा फिर्ता लिएर काममा फर्किएका छन्। स्रोतका अनुसार छानबिन समितिले कारबाही सिफारिस गरिएका प्रहरी कर्मचारीलाई डीआईजी चन्दले पुरस्कृत गरेका छन्।

 

 

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस