२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौंमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Road Accident

काठमाडौं । काठमाडौंको बौद्धमा सवारी दुर्घटना भएको छ । केहीबेर अघि भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बौद्ध प्रहरी वृतका डिएसपी राजु पाण्डेका अनुसार ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस