२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणपछि संक्षिप्‍त भनाइ राख्दै अध्यक्ष ओलीले यो दुखद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनीले सङ्गीत कला क्षेत्रका महानुभावप्रति पनि समवेदना प्रकट गरे।

उनलाई श्रद्धाञ्जली दिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरलगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरुको उपस्थिति थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस